
काठमाडौं। गायिका समिक्षा अधिकारीले नायक पल शाहसंग जोडिएर आएका खबरहरुबारे मुख खोलेकी छन् । आज सामाजिक संजालमा यसबारे प्रतिकृया दिदैं उनले नायक शाहसंग जोडेर आफ्नो चरित्रहत्या गरिएको बताएकी हुन् ।
समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गायिका अधिकारीले त्यस्ता समाग्रीले नायक शाहको करिअरमा समेत आँच पु¥याउन खोजिएको उनको भनाई छ ।
‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु,’ समिक्षाले स्टाटस लेखेकी छन्।
नायक शाहले आफुलाई अभिभावकको रुपमा माया गर्ने समेत उनले बताएकी छन् ।
‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाब ले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ’, समिक्षाले लेखेकी छन् ।
मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। आफुहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको दावी गरेकी छन् ।
हेर्नुहोस समिक्षाको स्टाटसः











