विदेशबाट फर्के लगत्तै प्रधानमन्त्री देउवाले भनेः गठबन्धन चुनावसम्मै जान्छ


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन चुनाव सम्मै जाने बताएका छन् । आज बिहान बेलायतबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताएका हुन् ।

‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आफ्नो असल कुराकानी भएको बताए। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आफ्नो फलदायी कुराकानी भएको देउवाले पत्रकारहरुलाई बताए ।
मोदीलाई आफुले नेपाल भ्रमणको लागि आग्रह गरेको समेत बताए ।

प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने समेत जानकारी दिएका छन् ।

देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिन कात्तिक १२ गते त्यसतर्फ गएका उनि आज स्वदेश फर्किएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार