समिक्षालाई प्रयोग गर्दै दुर्गेस थापा लगायतले आफुविरुद्ध षड्यन्त्र गरेको भन्दै पल शाहद्धारा गोप्य अडियो सार्वजनिक


काठमाडौं । अभिनेता पल शाहले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै गोप्य अडियो सार्वजनिक गरेका छन् ।
आज बिहान उनले सामाजिक संजालमार्फत आफुलाई फसाउन योजनावद्ध ढंगले षड्यन्त्र गरिएको भन्दै त्यस्ता अडियो क्लिप्सहरु सार्वजनिक गरेका हुन् ।

अभिनेता शाहले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंले आफुमाथि षड्यन्त्र गरेको दनवी समेत गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, “यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्तीहरुको नाम यस प्रकार रहेको छ ।
१) साथी दुर्गेश थापा
२) ठुल्दाई सरोज ओलि
३) भाई कृष्ण जोशी
४) सम्राट चौलागाई ”

केहि दिनअघि सार्वजनिक भएको अडियोमा सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले आफुमाथि प्रहार गरिएको समेत उनको दावी छ ।
अभिनेता शाहविरुद्ध गायिका अधिकारीले हिजो जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको मुद्धा दर्ता गराएकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार