जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् – डा. भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरूबाट सन्तुष्ट नरहेको बताएका छन् ।
स्थानिय तह निर्वाचनको मत परिणामबारे आज सामाजिकसंजालमा प्रतिकृया दिदैं उनले जनता स्थापित दलहरूबाट सन्तुष्ट नरहेको बताएका हुन् ।

‘समग्र समीक्षा हुदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्’, डा. भट्टराईले भने ।

जसपाका नेता समेत रहेका उनले नो भोटको पनि कुरा उठाएका छन् । जनताले अहिले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई वा नयां व्यक्तिलाई मत हालेको उनको भनाई छ । यो दुखद भएको तर विकल्प पनि नभएको उनले बताएका छन् ।

‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउॅमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नया व्यक्तिलाई हाल्दैछन्, दुखद कुरा विकल्प पनि छैन!’, भट्टराईले टुईट गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार