
काठमाडौँ । ब्यूटी पेजेन्टका नाममा बलात्कार गरेको भन्दै कन्सलटेन्सी संचालक मनोज पाण्डेविरुद्ध पीडित युवतीले जाहेरी दिएकी छन् । आज जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसूरमा कारवाहीको माग गर्दै जाहेरी दिएकी हुन् ।
जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने प्रहरीले बताएको छ । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिताको आयोजना गर्दा पीडित युवतीलाई होटलमा बोलाई झुक्याएर बलात्कार गरेको आरोप लागेको छ ।
प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडितको भनाई छ । ति पीडित युवतीले केहि दिनअघि सामाजिकसंजालमार्फत आफुमाथि पाण्डेले बलात्कार गरेको घटना सार्वजनिक गरेकी थिइन् ।
त्यसपछि उनलाई न्याय दिलाउनु पर्ने र दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै सवत्र आवाज उठिरहेको छ ।
प्रहरीले घटनाबारे अनुसंन्धान गर्न आरोपित पाण्डेलाइृ काठमाडौँ स्वयम्भुबाट जेठ ७ मा पक्राउ गरेको थियो । पाण्डेलाई आजै अदालत लैजाने प्रहरीको तयारी छ ।
भिडियो पनि हेरौं











