
काठमाडौं। क्यानडा पठाइदिन्छु भन्दै करिब २० लाख रुपैया ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ । उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका थापालाई वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।









