
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भएको एयर इण्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा अहिलेसम्म सय बढि शवहरु निकालिएको र तीनको सनाखत हुने काम भइरहेको । अन्य घाइतेहरुको स्थानिय अस्पतालहरुम उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।


आज दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उडान भरेको विमान दुई मिनटमै दुर्घटनामा परेको थियो । करिब ४ सय मिटर माथिबाट उठिरहेको विमान चिकित्सहरू बस्ने आवास क्षेत्रको घरमाथि खसेको थियो ।
दुर्घटना हुँदा विमानमा आगो लागेर जलेका शवहरु सडक छेउछाउ छरिएका तस्बिरहरु आइरहेका छन् ।
जलेर वशहरु डल्ला परेको र केहिको शवहरु टुक्रा टुक्रा अवस्थामा फेला परेको भारतीय संचारमाध्यमहरुले देखाइरहेका छन् । विमान दुर्घटनाले गुजराज शोकमा डुबेको छ । गुजरातका मुख्यमन्बत्री भूपेंद्र पटेलले दुर्घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै तत्काल उद्धार, उपचार र राहतको अभियान चलाउन निर्देशन दिएका छन् । दुर्घटनाको खबर आएसंगै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित सिंह गुजरात गइरहेका छन् । उनिहरुले उद्धार र उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएका छन् ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ यात्रुमध्ये सवार थिए । जसमा भारतीय १६९, ब्रिटिश ५३, पार्तुगल ७ र क्यानाडाका १ नागरिक रहेके एयर इण्डियाले जनाएको छ ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए । उनि छोरी भेट्न लण्डन जाँदै थिए । दुर्घटनामा उनको अवस्थाबारे जानकारी आइसकेको छैन् ।
यो पनि पढौं
भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट










