अमेरिकामा कार दुर्घटनामा हुँदा दुई नेपाली विधार्थीको मृत्यु


काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विधार्थीको युवाको मृत्यु भएको छ ।

लुइजियाना राज्य प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको रहे्का छन् । असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना नेपालका नेपालको ठेगाना खुलेको छैन ।

प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । कारमा ओलीसहित अन्य दुई जना सवार थिए । कारमा सवार अन्य दुई जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएर आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार