‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को मन्त्रीद्धारा उद्घाटन, यसबर्ष विशेष हुने


काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको छ । शुक्रबार काठमाडौंको सामाखुशीस्थित विशाल फुटसलको हलमा ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको हो । कृषि मन्त्री रामनाथ अधिकारीले यसबर्षको ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अधिकारीले यस्ता प्रतियोगिताले महिलाभित्र गुम्सिएर रहेका अनेक प्रतिभाहरुलाई उजागर गर्नुका साथै महिला शसक्तीकरणमा समेत योगदान पुर्याउने बताए ।

यस्ता प्रतियोगिताहरुको आयोजना गरेर आदीवासी जनजाती समुदायका महिलाहरुको विकास र शसक्तीकरणमा महत्वपुर्ण योगदान गर्दै आएको भन्दै मन्त्री अधिकारीले प्रतियोगिताकी आयोजक शान्ता तामाङको प्रशंसा समेत गरे ।

मन्त्री अधिकारीले गुरुङ समुदाय आफैमा विभिन्न कला संस्कृती, भेषभुषा, गीतसंगीतले भरिपुर्ण समुदाय भएकाले यसको प्रचार प्रसार र जर्गेनामा राज्यले अझै ध्यान दिनुपर्ने बताए ।

 

 

एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न हुने यस प्रतियोगिताको उदेश्य भनेको गुरुङ समुदायको संस्कृति, परम्परा तथा महिला सशक्तिकरण गर्नु रहेको आयोजक एसके इन्टरटेन्मेन्टकी अध्यक्ष शान्ता तामाङले बताइन् ।

‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्‍याउने विश्वास लिएको आयोजक अध्यक्ष तामाङको भनाई छ ।

उनले यसबर्षको संस्करण अघिल्ला संस्करणहरू भन्दा अझै व्यवस्थित, भव्य र प्रभावकारी रहेने समेत बताइन्। ‘मिस एण्ड मिसेस गुरुङ’ नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको समेत अध्यक्ष तामाङले जानकारी दिइन् । प्रतियोगितामा सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदाने उनले बताइन्।

कार्यक्रममा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ अभिनेता सरोज खनाल, पूर्व सांसद मानकुमारी गुरुङ, पूर्व डिआइजी डा। देउती गुरुङ, जिनोपेका प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान, आयोजक टोलीका शानु खान, रबीलामा तामाङ, केशव थापा तथा नेपाल आइडल २०१७ का विजेता बुद्ध लामाको विशेष अतिथिका रूपमा सहभागीता रहेको थियो ।

उद्घटन समारोहमा आकर्षक सांस्कृतिक झलक, नृत्य, प्रेरणादायी मन्तव्यहरु थिए । कार्यक्रमलाई सफल बनाउन समाजसेवी, व्यवसायी, राजनीतिज्ञ तथा चलचित्र ‘हिमालकी रानी’ की नायिका शान्ताकुमारी तामाङको प्रेरणादायी नेतृत्व महत्वपूर्ण रहँदै आएको छ । उनि जुम्बा क्विन २०१५ र मिसेस नेपाल आइकन २०१५ की उपविजेता समेत हुन् ।

अध्यक्ष तामाङ जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन् भने आदिवासी जनजाति तथा महिलाहरूको सशक्तिकरणमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार