काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । अध्यक्षमा शेर्पाले ३४२ मत ल्याएर आफ्ना प्रतिस्पर्धी काँग्रेस–एमाले गठबन्धनका कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २८८ मत ल्याए । काँग्रेस एमाले गठबन्धनलाई एकीकृत समाजवादी पार्टीको पनि सर्मथन थियो ।
सत्ता गठबन्धनले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।
सत्तारुढ गठबन्धनले प्रथम उपाध्यक्ष र एक सदस्य मात्रै जितेको छ भने शेर्पाले अन्य पदमा प्यानलै विजयी भएको छन् ।
मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत पाए भने उनका प्रतिस्पधाईले २५८ मत पाए ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् भने सचिव पदमा चन्दन थापा विजयी भए ।
सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाको बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ ।
कसकाे मत कति ?
अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
सदस्य:
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७