सुकुमवासीमाथि सरकारको गम्भिर लापरवाही, महिनौंसम्म रंगशालामा सामान अलपत्र

काठमाडौं । बालेन शाहले सरकार सम्हाल्दा उनले आफ्नो पहिलो एक्सन खोला किनारमा जोखिम जिवन बाँचिरहेका सुकुमवासीलाई हटाएर सुरुवात गरेका थिए । उदेश्य राम्रो भएपनि पूर्व तयारी नहुँदा सरकारले अलोचित हुनु परेको छ ।
सुकुमवासीलाई हटाउँदा सामान्य मानविय कुराहरुलाई समेत ख्याल नगर्दा सरकारको पहिलो गासमै ढुँगा भने जस्तो भएको छ ।
बिर्षौ बर्षदेखि खोला किनारमा बसेर आफ्नो जिविको पार्जन गरिरहेका सुकुमवासीलाई सरकारले हठात हटाएपछि उनिहरुको गासदेखि बाससम्मको ठ्ेगान नुहँदा बिचल्ली भएको छ ।

सुकमुवासीको १५ दिनमा ब्यवस्थापन गर्छु भनेको सरकारले तीन महिना बित्दा समेत ब्यवस्थान गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । खोला छेउमा बाढिले असुरक्षित भयो भन्दै हटाइएका सुकुमवासीहरुलाई फेरि खोला छेउकै होल्डिङ सेन्टरमा लगेर राखेका कारण अस्ति झण्डै बाढि पसेर कुनै मानविय क्षती भएन तर सुकुमवासीसंग भएका ओढ्ने आछ्याउने, लगाउने लुगादेखि खाना कुरा समेत भिजेर नष्ट भयो । बालबच्चका कपी कितावहरु भिजेर नष्ट भए ।

त्यस्तै सुकुमवासी उठाउदा दशरथ रंगशालामा सुकुमवासीको पहिचान गर्ने भन्दै केहि समय राखिएको थियो । उनिहरुका सामान पनि त्यहाँ राखिएका थिए । तर, सामान राखेको महिनौं बित्दा समेत रंगशालाबाट सामान सारिएको छैन् । अलपत्र अवस्थामा रहेका सामानहरु नहटाउँदा देशकै रंगशाला कुरुप देखिएको छ ।
सुकुमवासीहरुलाई बिरालोले आफ्नो बच्चाहरु सारे जस्तो विभिन्न ठाउँका होल्डिङ सेन्टरमा सारिएको छ तर उनिहरुका ओढ्ने बिछ्याउने, लगाउने लुगा, ब्याग लगायतमा सामानहरु अझै रंगशालामा अलपत्र हुनु सरकारको गम्भिर वेवास्ता होइन् र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार