प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा पुगेर प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा मंसिर ६ र ७ गते भारतको प्रभण गरेका थिए ।

साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शाहले भारत जाँदा राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका थिएनन् । बालेनले राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति कार्यालयले त्यतिबेला असन्तुष्टि पोखेको थियो ।

प्रधामन्त्री भन्दा अघि आजै राष्ट्रपति पौडेललाई रास्वपा सभापति रवि लामिछानेले पनि भेट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार