देशका विभिन्न ठाउँमा भारी वर्षाको संभावना,सतर्क रहन आग्रह

काठमाडौं । तीन  दिनसम्म देशका विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको छ । बाढीपहिरोको समेतकाे सम्भावना रहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले पानी धेरै परेको ठाउँमा नदिहरु पनि बढ्ने र बाढीपहिरो जानसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । २४ गते देखि तीन दिनको मौसम यस्तो छ ।

२४ गते मंग्लबार दिउँसो देशका अधिकाशं भागमा सान्यदेखि पूर्ण बदली भइ धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षको सम्भावना रहेको छ ।

असार २५ गते बुधबार दिउँसो समान्य बदली भई केही स्थानमा पानी पर्नेछ भने १ र २ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी असार २६ वगते विहीबार दिउँसो देखि देशका केही भूभागमा समान्य मौसम बदली भई केही स्थानमा थोरै र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार