
काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनका साथै ११ जना घाइते भएका छन् । जिल्लाको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान साढे आठ बजेतीर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी खत्याड गाउँपालिका–६ मुगुका २४ वर्षीय रामबहादुर शाही र टिकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । बोगटी जिपका चालक हुन् ।
दुर्घटनामा घाइते हुनेमा मुगुको खत्याड गाँउपालिका ६ का १८ बर्षिय महेन्द्र शाही, ४५ बर्षिय मनकिस्न उपाध्याय, २८ बर्षिय उपजन शाहि, १७ का राजेन्द्र शाहि, १७ बर्षिय टेक रावल, १६ बर्षिय रमेश बहादुर शाहि, १७ बर्षिय तिलक राज उपाध्याय रहेको छन् ।
त्यस्तै स्वामीकार्तिक १ बाजुरा बस्ने १५ बर्षिय जगत रावल, सोहि गाँउपालिका ४ बस्ने ५५ बर्षिय लालबिर चदारा रहेका छन् । जगन्नाथ ५ बर्षिय १९ बर्षिय टंक्क कामी, २ बर्षिय २७ बर्षिया जना विक र ५ नम्बर वडाकि ५ बर्षकि महेश्वरी कामी रहेको छ ।
१२ जना घाइतेलाई गृहमन्त्रालय मार्फत सेनाको हेल्किप्टर द्धारा नेपालगञ्ज रिफर गरिएको छ । ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार जीपमा १५ जना सवार थिए ।
जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताएको छ । जीपमा क्षमता भन्दा बढि यात्रु र कच्चि बाटो भएकाले उकालोमा जीप चढन नसकेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रमुख भाटको भनाई छ ।










