बिस्फोट अपडेटः मृत्यु अघिको स्टाटस ‘मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ?’

धनगढी । कुनै ब्यक्तीको मृत्यु हुनु अघि उसैबाट कहिले कांही भविष्यवाणी भएका कुराहरु बेला बेला सुनिने गर्छ । यस्तै आफ्नो मृत्युबारे भविष्यवाणी भयो बिहिबार धनगढीमा बम बिस्फोट हुँदा मृत्यु भएका राम सिंहको । उनले आफ्नो मृत्यु हुनु चार दिन अघि नै फेसवुकमा यस्तै भविष्यवाणी जसतो स्टाटस लेखेको भेटिएको छ ।

उनको स्टाटस यस्तो छ !
“यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा भएका अल साथीहरुलाई सम्झना अनि न्यायो माया ।”

यसरि उनले आफ्नो आयुबारे प्रश्न गरेका थिए फेसवुकमा । नभन्दै उनले सोधेको प्रश्न अनुसार आयु त्यसपछि जम्मा चार दिनको मात्रै भयो ।
बिहीबार बेलुकी धनगढीमा भएको शक्तीशाली बम विस्फोटमा परी २७ वर्षीय राम सिंहले यो संसार त्यागे ।

बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी घर भएका विप्लव कार्यकर्ता सिंहले आफैले बोकेको बम पड्किदा ज्यान गुमाए ।
उनले बोकेको बम धनगढीको शहीद गेटस्थित नीलम होटलमा विष्फोट हुँदा सिंह गम्भिर घाइते भएका थिए ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
बिस्फोटमा अन्य चारजना घाइते छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार