नेकपाको पार्टी कार्यालय रहेको जग्गाबारे संसदमा आवाज उठ्यो, सत्यतथ्य बाहिर लाउन माग

काठमाडौँ । सरकार हाँकिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय ने सरकारी जग्गा मिचेर बनाइएको भन्नेबारे संसदमा आवाज उठेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले नेकपाले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको सरकारी जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरेका हुन ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले नेकपाले कानुन मिचेर पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै आपत्ती जनाएकी छन् ।

सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति ने उल्लंघन गर्दे नेकपाले सरकारी जग्गा मिचेर पार्टी कार्यालय खोलेको भन्दै कााग्रेस सांसदहरुले संसदमा चर्को बिरोध गर्दै सरकारको ध्यानाकार्षण गरेका छन् ।

कांग्रेसकै अर्का सांसद उमा रेग्मीले पनि उक्त कुराको बिरोध गरिन । सरकारी जग्गामा पार्टी संचालन गरिएको कुरा गम्भिर भएकाले त्यसबारे सदनलाई सत्यतथ्य जानकारी गराउन सांसद रेग्मीले माग गरिन् ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय संचालन गर्न दिएको छ ।

सरकारबाट भोगाधिकार पाएको जग्गा तेश्रो पक्षलाई भाडामा दिन नपाउने कानुनी व्यवस्था विपरित नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको भन्दै काँग्रेसले आपत्ती जनाएको छ । प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि सो जग्गा उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार