जनकपुर । सामाजिक सञ्जालमार्फत एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ परेका छन् । जनकपुरका एक विद्यार्थीले सामाजिक सञ्जालमार्फत पश्नपत्र आउड गरेर फोटोकपी गराइरहँदा उनीहरु पक्राउ परेका हुन् ।
स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले प्रश्नपत्र आउट गरेका थिए । प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालक पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।
परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको हो ।
राराब क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र विषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको थियो । प्रश्नपत्र फोटोकपी गरिरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।












