प्रदेश ५ ले पायो लोक सेवा आयोगको अध्यक्ष

दाङ । प्रदेशमा स्थापना गरिएको लोक सेवा आयोगमा अध्यक्ष नियुक्त गर्ने प्रदेश ५ पहिलो बनेको छ।

सात वटै प्रदेशमा स्थापना गरिएका आयोगमध्ये प्रदेश ५ मा मंगलबार अध्यक्ष नियुक्त भएपछि प्रदेश ५ आयोगमा अध्यक्ष नियुक्त गर्ने पहिलो भएको हो।  प्रदेश ५ आयोगमा  अध्यक्षमा डिलाराम भट्टराई  नियुक्त गरिएको हो ।

आयोगका अध्यक्ष  भट्टराईले उच्च अदालत दाङका मुख्य न्यायाधीश रमेश पोखरेलबाट सपथ लिएसंगै आजै कार्यभार सम्हालेका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले साउन २३ गते भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

सपथ ग्रहणलगत्तै अध्यक्ष भट्टराई बुटवलस्थित आयोगको कार्यालय पुगेर पदबहाली समेत गरेका छन्।
आयोगमा ‘दुई जना सदस्यको सिफारिस हुन भने बाँकी नै छ । सदस्यहरू पनि छिट्टै नियुक्ति हुने अध्यक्ष भट्टराईले बताए ।

प्रदेश सरकारले आयोगमा काम गर्न हालका लागि सात जना कर्मचारी पठाएको छ।

संविधानको धारा २४४ अनुसार हरेक प्रदेशमा लोक सेवा आयोग गठन गर्ने उल्लेख छ। सोहीअनुसार प्रदेशहरूले लोक सेवा गठनको तयारी गरिराखेका छन्।

को हुन अध्यक्ष ?
आयोगका अध्यक्ष भट्टराई अर्घाखाँची सन्धीखर्क नगरपालिका-१० का बासिन्दा हुन् । उनी दाङको महेन्द्र बहुमुखी क्याम्पसका गणित विभाग प्रमुखसमेत भएर काम गरिसकेका छन्। उनि कुनै पनि राजनितीक दलसंग आवद्ध नरहेका कारण उनलाई अध्यक्षमा नियुक्ती दिइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार