दाङ । एनसेलमाथीको आक्रमण अझै रोकिएको छैन । गएराती दाङमा रहेको एक एनसेलको टावरमा आगजनी गरिएको छ । दाङ प्रहरीका अनुसार अज्ञात समूहले जिल्लाको शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो ।
आगजनीबाट टावरको जेनेरेटर र तार लगायतका उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी, कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।
टावरमा कसले आगजनी गर्यो भन्ने खुल्न नसके पनि नेत्रविक्रम चन्द विप्लव समूहमाथी आशंका गरिएको छ ।
एनसेनले राज्यको करछली गर्दै नेपाली जनतालाई लुटिरहेको भन्दै विप्लव समुहले एनसेलमाथी कारवाही स्वरुप टावरमा आगजनी गर्दै आएको छ ।
उसले देशका अधिकांस टवरमा आगजनी गर्दै कारवाही गरेको स्विकार गर्दै राज्यको कर नतिरेसम्म कारवाही जारि राख्ने समेत बताउँदै आएको छ । देशका विभिन्न टावरमा गरिएको आगजनीमा संलग्न केहि विप्लव नेता कार्यकर्तालाई प्रहरीले प्रक्राउगरी कानुनी कारवाही समेत गरिरहेको छ ।










