अनुसन्धान प्रभावित पार्नेगरी चितवनमा भइरहेको प्रर्दशन रोक्न सांसदहरुको माग


काठमाडौं । न्युज २४ का कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर चितवनमा भइरहेको आन्दोलनबारे संसदमा कुरा उठेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभामा बैठकमा  सांसदहरुले अनुसंन्धानलाई नै प्रभावित गर्नेगरी भइरहेको आन्दोलन रोक्न सरकारसंग माग समेत गरेका छन् । पत्रकार शालिकाराम पुडासैनी मृत्य प्रकरणमा लामिछाने लगायत उनकै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की रुकुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेका बेला रवि निदोर्ष भन्दै सडकमा आन्दोलन गर्नु कानुन विपरित भएकाले त्यस्ता गतिविधी तुरुन्त रोक्न आग्रह गरेका छन् ।

चितवनमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्नेमा सांसदहरुले चिन्ता समेत ब्यक्त गरेका छन् ।
संसदमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हितबहादुर तामाङले चितवनको सडकमा रवि लामिछानेलाई लिएर गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा कुनै पक्षबाट पनि अनुसंन्धानलाई प्रभावित गर्ने गतिविधी हुन नदिन स्थानिय प्रशासन समेत कडाई साथ लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै नेकपाकै अर्का सांसद शान्ता चौधरीले घटनाको अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि जायज नभएको बताइन् । “प्रहरीले अनुसन्धान गरिरहेका बेला को दोषी को निदोर्षी भन्दै आन्दोलन गरेर अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन सांसद चौधरीले भनिन्, यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।”

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम मुछिएपछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा रवि, युवराज र नर्स अस्मितालाई पक्राउ गरेर अहिले अनुसंन्धान गरिरहेको छ ।

अदालतबाट ५ दिनको थुनावा अनुमती लिएर अनुसंन्धान गरिरहेको प्रहरीले आज दोस्रो पटक उनिहरुलाई अदालतमा उस्थित गराएको छ ।
यता, रवि लामिछानेका सर्मथकहरुले रवि निर्दोष भन्दै दिनैपिच्छे चितनवका सडकहरुमा नाराबाजीसहित बिरोध गरिरहेका छन् ।

भिडियो हेर्नुहोस

यो पनि पढ्नुस

रवि लामिछानेसहित तीनै जना अदालतमा उपस्थित, के हुन्छ आज ?

यस घटनाको बिषयमा एकजना वकिल तथा पूर्वपत्रकारको सनसनीपुर्ण अन्तवार्ता हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार