
चितवन । चितवनमा प्रहरी र सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच झडप भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिनदेखि हिरासतमा रहेका रविको रिहाईको माग गर्दै समर्थकले चर्को विरोध गरेपछि झडप भएको हो ।
लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।
पुडासैनी आत्महत्या प्रकरणमा रवि लगाएत तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।
आज बयान नसकिएपछि थुनछेकको बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारी प्रहरीमाथि खनिएपछि प्रहरीले अश्रुग्यास हानेको थियो । प्रर्दशनमा केही प्रहरी घाइते भएका छन् ।
यसैबीच अहिले साँझ प्रदर्शनकारीले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले केही गाडी तोडफोड गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
यो सनसनीपुर्ण भिडियो सामाग्री पनि हेर्नुहोस










