
नर्वे । अविष्कारक र वैज्ञानिकहरुले संसारमा अचम्म लाग्दा नयां नयां प्रयोग गरेर देखाइसकेका छन् । आकासमा चन्द्रमादेखि जमिनमा समुन्द्रभित्रका विभिन्न खोजहरु अहिलेको युगले गरिसकेका छ ।
वैज्ञानिकहरुले चन्द्रमामा मानव बस्ती समेत बसाल्ने संभावना रहेको बताइसकेका छन् । संसारमा पनि समयको बेगसंगै विभिन्न अविष्कारहरु भइसकेमा छन् । जमिनमाथी र जमिनमुनी त्यस्ता विभिन्न अविष्कारहरु हामी देख्न र सुन्न पाइरहेका छौं । एकाइसौं शताव्दीका मानव साँचिक्कै भाग्यमानी हुन ।
संसारमा नयां नयां अविष्कार भइरहका खबरहरु आइरहेका बेला नर्वेमा युरोपकै पहिलो अन्डर वाटर रेष्टुरेन्ट हालै सञ्चालनमा आएको छ । एक सय जना ग्राहकहरुले एकसाथ उक्त रेष्टुरेन्टमा गएर खाना खान सक्ने क्षमता रहेको छ । रेष्टुरेन्टमा ४० जनासम्म रात बास बस्न सक्ने व्यवस्था छ ।

यो रेष्टुरेन्ट समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार गरिएको छ । रेस्टुरेन्ट भित्र जानका लागि सडकबाटै भित्र जाने बाटो जोडिएको छ ।
रेष्टुरेन्टभित्र गएर समुन्द्रका जिवजन्तुहरुको अवलोकन गर्दै खानाको स्वाद लिन पाइने भएकाले उक्त रेष्टुरेन्टमा जाने धेरैको इच्छा होला । तर, सामान्य मानिसहरुलाई यस्ता रेष्टुरेन्टमा जान मुस्किल नै पनेृ गर्छ ।








