लुटेरा समुहलाई गोली हानि पक्राउ


धनुषा । लुटेरा समूहलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बिहीबार बिहान जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमा रहेके जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको लुटेरा समूहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहारको सितामढीस्थित इसलामपुरका ४० वर्षीय मोहम्द इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्र्रहरीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

प्रहरीको गोली लागेर एक जना लुटेरा घाइते छन । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरुको साथबाट पेस्तोल, पसल फोड्ने औजार, मोवाइल समेत प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार