अमेरिकामा अवैध रुपमा प्रवेश गर्न खोज्ने ३२५ भन्दा बढी भारतीयलाई फर्काइयो


एजेन्सी । अवैध रुपमा अमेरिकामा प्रवेश गर्न खोज्ने ३२५ भन्दा बढी भारतीयलाई फर्काइएको छ । उनिहरुलाई मेक्सिको सरकारले भारत फर्काएको हो ।

३२५ भन्दा बढि समुहमा एक महिलासमेत रहेको उनिहरुसंग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै पनि कागजात नभेटिएपछि मेक्सिको सरकारले भारत फर्कादिएको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उनिहरुलाई मेक्सिकोको राष्ट्रिय आप्रवासनसम्बन्धी संस्थानले मेक्सिकोको टोलुबा सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली फर्काइएको हो । ’

भारतीय संचारमाध्यमा अनुसार यी सबै भारतीय पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगबाट गैरकानूनी ढंगले मेक्सिकोको पुगेका थिए । उनीहरु मेक्सिकोको मार्गबाट अमेरिका प्रवेश गर्न खोजेका थिए ।

भारतमा अवतरण गरिसकेपछि समूहका एक सदस्य गौरव कुमारले भने ,‘हाम्रो एजेन्टले हामीलाई जंगलको बाटो त्यहाँ पु¥याएका थिए । करिब दुई हप्तासम्म हामी जंगलमा हिडेका थियौं । त्यसपछि हामी पक्राउ प¥यौं र हामीलाई मेक्सिकोबाट निकालियो । भारतीय छानेर निकालियो । जबकि हामीसँगै रहेका श्रीलंका, नेपाल र क्यामरुनका नागरिक अझै त्यहाँ छन् । मैले आफ्नो खेत, सुन र सबै बेचेर जम्मा गरेको १८ लाख भारु एजेन्टलाई तिरेको थिएँ ।’

अमेरिकाका राष्ट्रपति ट्रम्पले यही वर्षको जूनमा मेक्सिकोलाई चेतावनी दिँदै भनेका थिए ,‘यदी मेक्सिकोले आफ्नो देशको सिमा हुदैं आउने आप्रवासीहरुलाई नियन्त्रण गरेन भने मेक्सिकोबाट हुने सबै आयात सामाग्रीमाथि भंसार शुल्क लगाइनेछ ।’

ठूलो संख्यामा मानिसहरु अमेरिका जानको लागि मेक्सिको प्रयोग गर्छन् । अमेरिकाको दक्षिणी सिमाना मेक्सिकोसँग जोडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार