सिद्धबाबाको अनुसन्धान सकिएन, अदालतले म्याद थप्दै

विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा प्रकाउ परेका सिद्धबाबाको म्याद थप गरिदैं छ । यसअघि अदालतले दिएको चारदिने म्याद सकिएपछि आज फेरी म्याद गर्न लागिएको हो ।

आफुलाई सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीलाई प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

अनुसन्धानको म्याद सकिएपछि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको छ । प्रहरीले अदालतले दिएको म्यादमा अनुसन्धान नसकिएको बताएको छ ।

सिद्धबाबाविरुद्ध उनकै अनुयायी एक जना महिलाले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा जुरी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार