प्रचण्ड पत्नी सीताको उपचार अब बाबा रामदेवको योगपिठमा


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको उपचार अब चर्चित योग गुरु बाबा रामदेवको योगपिठमा हुने भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी सीतालाई अमेरिका, सिंगापुर लगायत नेपालका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सन्चो नभएपछि उनलाई भारतको हरिद्धारस्थित् बाबा रामदेवको पतञ्जली योगपिठमा लगिएको छ ।

प्रचण्ड पुत्री गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी फेसबुकमार्फत गरेकी हुन।
गंगाले योगपिठमा बाबा रामदेवसंगको तस्बिर फेसबुकमा पोष्ट गर्दै लेखेकी छिन्, “ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी।”

बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । उपचारका लागि छोरी गंगासंगै सीताको साथमा निवर्तमान उद्योगमन्त्री मातृका प्रसाद यादव र उनकी पत्नीपनि सँगै रहेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार