आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै, कोरोना भाइरसका कारण औपचारीक कार्यक्रम प्रभावित


काठमाडौं । आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झाना विश्वभर आजका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु हो ।

कोरोना भाइरसका कारण दिवस प्रभावित

विश्वव्यापीरुमा फैलिएको कोरोना भाइरसका कारण यो बर्षको अन्तर्राष्ट्रिय नारी दिवस दिवस प्रभावित भएको छ । औपचारीक रुपमा एकैठाँउमा भेला भएर र्याली, जुलुस गर्दा कोरोना भाइरसको संक्रमण हुने खतरा भएपछि विश्वभरका अधिकांस देशहरुले भेला, सभा, र्याली नर्गन अनुरोध गरेकाककारण प्रभावत हुन पुगेको हो ।

नेपाल सरकारले पनि कोरोना भाइरसका कारण कुनैपनि सभा, सम्मेलन, भिडभाड नर्गन अनुरोध गरेका कारण दिवस प्रभावित भएको हो । तर, विभिन्न संचारमाध्यममार्फत नारीका सवालमा विभिन्न छलफल भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार