निर्वाचनमा देशैभरी तालमेल गर्ने बिषयमा निष्कर्षमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने लगायतका बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा गठबन्धनका उम्मेदवारलाई जिताउने बिषयमा बिस्तरीत छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा चुनावी तालमेलको मापदण्डबारे पनि नेताहरु निष्कर्ष पुग्ने बताइएको छ । गठबन्धनका शीर्ष नेताहरूले हिजो संयुक्त अपिल जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउने, नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार