छोरी बलात्कारका आरोपी प्रहरी हिरासतमा नै मृत भेटिए

बुटवल । छोरी बलात्कारका आरोपी प्रहरीको हिरासतमा नै मृत भेटिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा मृत भेटिएका हुन । प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन् ।

शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनको नेतृत्वको टोलीले घटनाबारे अनुसंन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार