काठमाडौं । काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएका छन् । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएका हुन् ।
उनीहरु ललितपुरको पाटन अस्पतालमा भर्ना भएका छन् । उनीहरुको कोरोना आशंकामा पीसीआर विधिबाट नमुना संकलनका लागि थ्रोट स्वाब लिइएको अस्पतालले जनाएको छ ।
उनीहरु सनसिटी अपार्टमेन्टको ए ब्लकमा बसिरहेका थिए । उनीहरु १८ दिनअघि बेलायतबाट आएका र लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
प्रहरीले अहिले उनीहरू बसीरहेको अपार्टमेन्टको उक्त ब्लकलाई सिल गरेको छ ।









