प्युठान । लकडाउनको समयमा अति आवश्यक काम बाहेक सरकारले घरबाट बाहिर ननिस्किनु भनेको छ । तर, धेरै नागरिक आ आफ्नै समस्याका कारणा घरबाट निस्किरहेका छन् ।
यसैबीच प्युठानको माण्डवी गाउँपालिका २ मर्कावाङका गुमानसिंह अधिकारी पनि माइती बसेकी श्रीमती बोलाउन दाङ पुगे । ४० वर्षीय गुमानसिंहले श्रीमतीलाई घर जान आग्रह गर्दा सामान्य विवाद भयो ।
दाङको बङ्गलाचुली गाउँपालिका ५ माइती भएकी ३५ वर्षीय निशाले जान मानिन् । निशाले गुमानको घर जान नमानेपछि दुई जानबीच विवाद भयो ।
विवाद बढेपछि निशाले श्रीमानलाई दाउराको चिर्पटले हिर्काउदा गुमानको मृत्यु भयो । निशाले प्रहार गरेको चिर्पट गुमानको टाउकोमा लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगियो ।
चोट गम्भिर लागेकाले उनको उपचारकै क्रममा शुक्रबार राती कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याको आरोमा निशालाई पक्राउ गरेको छ । तर गुमानका भाइले भने भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप लगाएका छन् ।
निशाले आफैले श्रीमानलाई चिर्पट प्रहार गरेको स्वीकारेकी छन्, । तर उनले किन चिर्पट प्रहार गरिन् भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लकडाउनको समयमा पनि देशमा हत्या, बलात्कारका घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् ।








