राहत वितरणमा झडप हुँदा प्रहरीका असई घाइते, ४ जना पक्राउ

बटवल । नगरपालिकाले वितरण गरेको राहतको विषयमा नवरलपरासीमा विवाद बढेको छ । नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहतमा विवाद बढेको हो ।

विवाद उत्पन्न भएपछि प्रहरीमाथि नै आक्रमण गरिएको छ । विवादपछिको झडपमा प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ ।

नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरुलाई राहत वितरण सुरु गरेको छ । शुक्रबार उक्त वडामा राहत वितरण भईरहँदा स्थानीयवासीको एक समूहले गाउँभरी राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

ताला खोल्न पुगेका  गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउमा चोट लागेको छ । उनलाई ८, १० जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

झडपमा क्रिकेटको ब्याट प्रहार गर्दा असई ओलीको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय जवलपरासीले जनाएको छ ।
प्रहरीले असइमाथि आक्रमण गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार