चट्याङ लागेर एकको मृत्यु पाँच घाइते

सल्यान । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ की ६ वर्षीया हिमाली राना रहेकी छन् ।

चट्याङ लागेर घाइते भएकी रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको प्रहरीले बताएको छ ।  त्यस्तै चट्याङ लागेर बालिकाका बुवा ३६ वर्षीय अतिराम राना, आमा ३० वर्षीया दिपा राना, र दाई ८ वर्षीय यमराज राना घाइते भएका छन्।

त्यसैगरी अतिरामका भाइ २६ वर्षीय टेकबहादुर राना र भतिजा २२ वर्षीय रणसिंह राना पनि घाइते भएको बताइएको छ ।
चट्याङ लागेर घाइते भएका सबैको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार