
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आफ्ना नेतालाई विनासर्त रिहा गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले सरकारद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेको हो ।
पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा गिरफ्तारमा परेका पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपचारका लागि अस्पताल पुगेका ‘विरही’ मंगलबार चितवनबाट पक्राउ परेका थिए भने सोही दिन सुवेदीलाई पनिप्रहरीले चितवनबाट पक्राउ गरेको थियो ।









