
काठमाडौं । नेपालमा कोरोना संक्रमित नर्सको संख्या दुई पुगेको छ । मंगलबार साँझ भक्तपुरमा संक्रमित महिला नर्स भएको खुलेपछि संक्रमित नर्सको संख्या दुई पुगेको हो ।
सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भएकी २५ वर्षीय नर्स हाल भक्तपुरको ठिमीमा बस्दै आएकी थिइन् । उनी आरोग्य अस्पतालमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ । त्यस्तै मंगलबार नै कपिलवस्तुमा पनि एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएको थियो । योसँगै दुई जना नर्समा कोरोना पोजिटिभ देखिएको छ ।









