
काठमाडौं । बंगालको खाडीबाट आउने शक्तिशाली चक्रवातले नेपालमा पनि पूर्वी क्षेत्रमा असर पर्ने देखिएको छ । मंगलबारबाट नेपालको पूर्वी क्षेत्रमा चक्रवतका कारण हावाहुरी सहित वर्षा हुने बताइएको छ ।
‘अम्पुन’ नाम दिइएको यो चक्रवतका कारण हिमाली क्षेत्रमा हिमापत हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । बंगालको खाडीमा हुने चक्रवतले नेपालमा पश्चिमी क्षेत्रमा असर नगरेपनि पूर्वी क्षेत्रमा ठुलो असर गर्ने गरेको छ ।
चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै २–३ दिनसम्म यसको असर रहने जनाएको छ ।
चक्रवतका कारण देशैभरि मौसम बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसम विज्ञानले अनुरोध गरेको छ ।









