डेढ वर्षपछि सफाइ पाए पोलिमर नोट प्रकारमा पूर्व गभर्नर रावलसहित तीनै जनाले


काठमाडौं । पोलिमर नोट छपाई प्रकरण  मुद्दामा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलकबहादूर रावलसहित तिनै जनाले सफाई पाएका छन् । नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धको  मुद्दामा  उनीहरुलाई विशेष अदालतको मंगलबारको पूर्ण इजलासले सफाइ दिएको हो ।

रावलसहित नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेले पनि सफाई पाएका छन् ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले त्यस्तो फैसला सुनाएको हो । नेपाल सरकार वादी रहेर दायर भएको २ करोड ७३ लाख रुपैंया बिगोसहितको उक्त मुद्दामा उनीहरु सो प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको तथा शंकाकै आधारमा उनीहरुमाथि मुद्दा चलाइएको भन्दै विशेष अदालतले तीनैजनलाई सफाई दिने फैसला गरेको बताइएको छ ।

उनीहरुलाई २०७५ पुस ५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । डेढ वर्षको अदालती प्रक्रियापछि मंगलबार यो प्रक्रिया टुङ्गिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार