डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोना पुष्टि भएको छ। केही दिनअघि युरोप भ्रमणबाट फर्किएका ओब्राइनलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनलाई सामान्य लक्षणहरू देखिएको र आफूलाई आइसोलेसनमा राखेर काम गरिरहेको ह्वाइट हाउसले विज्ञप्तिमार्फत जनाएको छ । ओब्राइनबाट राष्ट्रपति र उपराष्ट्रपतिमा संक्रमण फैलिने जोखिम नरहेको र राष्ट्रिय सुरक्षा परिषदको काम पनि रोकिएको छैन विज्ञप्तिमा उल्लेख छ ।

युरोप भ्रमणमा रहँदा ओब्राइनले कैयौं विदेशी अधिकारीहरूसँग मास्क नलगाई, भौतिक दूरी पालना नगरी तस्बिर खिचाएका थिए। अमेरिकामा पछिल्लो अपडेटअनुसार संक्रमितको संख्या ४४ लाख नाघेको छ भने तीमध्ये डेढ लाख लाख मानिसहरुको मृत्यु भइसकेको छ ।

अमेरिकामा पछिल्लो पटक तिर्वरुपमा कोरोना फैलिएपछि मास्क नलगाउने भन्दै आएका ट्रम्पले पनि मास्क लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार