
दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुर रावत रहेका छन् ।
आफ्नै मकैबारीमा बँदेल मार्नका लागि थापिएको विद्युतबाट भाईलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै छोरालाई लागेको करेन्ट छुटाउन गएका ३७ वर्षीया बुवा दिलबहादुर घाईते भएका छन् । उनको दाङमै उपचार भइरहेको छ ।










