
काठमाडौं । काठमाडौं कपनमा रहेको केयर बालगृहमा राखिएका ११ जना बालबालिकाको उद्धार गरिएको छ । बुधबार दिउँसो राष्ट्रिय बालअधिकार परिषदले बाल गृहबाट बालबालिकाहरुको उद्धार गरेको हो ।
परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएका बालबालिकालाई अहिले सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको राष्ट्रिय बालअधिकार परिषदले जनाएको छ ।
बालगृहकी सञ्चालक पुष्पा अधिकारीले साउन १२ गते बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भन्दै झुटो प्रचारवाजी गरेपछि उनी विवादित बनेकी छन् ।
बैदेशिक रोजगारीबाट पीडित बन्दै फर्किएकी एक विवाहित महिलाले शिशु जन्माएपछि उनले बाल केन्द्रलाई लालनपालनका लागि बुझाएकी थिइन ।
तर, संचालक अधिकारीले वेवारिसे फालिएको शिशु भेटिएको भन्दै प्रचारवाजी गरेकी थिइन । अहिले प्रहरीको रहोवरमा शिशु आमालाई बुझाइएको छ । शिशु र आमा काठमाडौंकै एक संस्थालृ संरक्षण गरेर राखको छ ।











