
काठमाडौं । गोंगबुमा दाङका कृष्णबहादुर बोहोराको ह*त्या गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको हो । ह*त्या आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनले शनिबार राति काठमाडौंको टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा कृष्णबहादुरको ह*त्या गरेकी थिइन् । ह*त्या पछि उनको टाउँको, शरीर र दुई वटा खुट्टालाई छुट्टा छट्टै ठाँउमा फालेर उनी चितवन गएकि थिइन् ।
यस्तो छ घटनाको कारण
दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर र कल्पनाबीच तिन, चार बर्षअघि फेसबुक मार्फत चिनजान भएको थियो । उनीहरुको फेसबुकबाट भएको चिनजान विस्तारै नजिकिदै गयो ।
उनीहरुबीचको नजिकको सम्बन्ध भएपछि पछिल्लो समय कृष्णबहादुरले गतल काम गर्दै आएका थिए । उनले नक्कली फेसबुक आइडी बनाएर महिलाका नि*र्वस्त्र तस्बिरहरू राख्न थालेका थिए । यसका साथै आफूलाई दुख दिन थालेपछि पनि उनले कृष्णबहादरलाई मार्ने योजना बनाएको बताएकी छन् ।
शनिबार उनले कृष्णबहादुरलाई घरमा बोलाएर दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि ह*त्या गरेको बताइन् ।
बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले हा*नेको र घाटी सलले च्यापेर ह*त्या गरेको उनले प्रहरीको बयानमा बताएकी छन् ।
उनको मृत्यु भएको थाहापाइसकेपछि उनले छोरीको सहायताले शरीरलाई काटेर छुट्टा छुट्टै फालेर चितवन गएकी थिइन ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।










