यसरि सडक फोहोर गरेपछि बालेनले तिराए एमालेलाई १ लाख


काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको हो । महानगरले एक पत्र जारी गर्दै फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्धारा हस्ताक्षरित पत्रमा एमालेले सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकाले कानुनवमोजिम जरिवाना तिराएको उल्लेख छ ।

एमालेको सभा सकिएपछि मंचबाट फोहोर भएको सडक सफा गरेर जान सहभागी कार्यकर्ताहरुलाई आव्हान गरिएको थियो । तर सहभागी प्राय सबै कार्यक्रमस्थलबाट फर्किसकेका थिए ।

जरिवाना गराएको पत्र

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार