
अछाम । खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
शनिबार साँझ अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने बेला बगाएर मृ त्यु भएको प्रहरीले जनाएको छ ।














