
नुवाकाट । गाईको ह’त्या गरेको अभियोगमा नवाकोटमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तारकेश्वर गाउँपालिका ५ का चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ रहेका छन् ।
उनीहरुले काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठबाट गाई लगेर काटेको अभियोग लागेको छ । उनीहरुलाई नुवाकोट प्रहरीले बिहीबार राति गाईको मासु भाग लगाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाएको छ ।











