
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा आजराति १२ बजेबाट सकिदै छ । निषेधाज्ञामा पनि सं क्रमितको संख्या नघटेकाले थप गर्ने विषयमा स्थानीय प्रशासनले छलफल गरिसकेको छ ।
हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारीबीच भएको छलफलले एक साता थप्ने निष्कर्ष निकालेका छन् ।
उनीहरुले उपत्यकामा एक साता निषेधाज्ञा थप्न सिफारिस गरेका छन् । सरकारले आज यस विषयमा निर्णय गर्ने छ ।











