उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे गृह मन्त्रालयले निर्णय गर्दै


काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा अझै एक साता लम्ब्याउनेबारे आन गृह मन्त्रालयले निर्णय गर्दै छ । स्थानीय प्रशासनले तयारी गरेको छ ।  मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो सहित निषेधाज्ञा एक साता थप्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावको निर्णय गृहमन्त्रालयले आज गर्ने छ । उनीहरूले छलफलमा निषेधाज्ञा केही खुकुलो बनाइने पनि प्रस्ताव अघि सारिएको थिए । अहिले जस्तो अबको निषेधाज्ञा कडा नहुने प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै भएकाले केही अत्यावशक कुराहरु खुकुलो बनाउने मोडालिटी पनि प्रमुख जिल्ला अधिकारीले तयार गरेका छन् । तर, अन्तिम रुप दिन भने बाँकी रहेको छ ।

अबको निषेधाज्ञामा होम डेलिभरी, टेकअवे सेवा, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहज पारिने छ ।  तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले यो विषयमा मोडालिटी बनाएका भए पनि अन्तिम निर्णय भने बुधबार बस्ने गृह मन्त्रालयको बैठकले गर्ने छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि भदौ ३ गतेबाट जारी गरेको निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार