
काठमाडौं । ललिपतुरमा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ । सम्भावित घटनालार्य मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय, ललितपुर कर्फ्यू आदेश जारी गरेको हो ।
ललितपुरको पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि बिहीबार झडप भएको थियो । आजपनि सोहि झडपलाई मध्यनजर गरी प्रशासनले एक दिनका लागि कर्फ्यु जारी गरेको बताएको छ ।
ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको ललितपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।











