कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाको कार्यालय बन्द 

काठमाडौं । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाको कार्यालय बन्द गरिएको छ । काठमाडौंको टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि भदौ २१ गतेबाट एक साताका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको हो ।

कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको नागरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि अरु कर्मचारीलाई संक्रमण फैलिन नदिन कार्यालय बन्द गरिएको बताएको छ । कार्यालय बन्द भएपनि कोरोना नियन्णका लागि काम भने जारी रहने छन् ।

टोखा नगरपालिकाले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्दै आइरहेको छ । अहिलेसम्म आइसोलेन निमार्णको काम सकिसकेको छ भने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गर्ने, जनचेतना फैलाउने संक्रमितको मनोबल उच्च पार्न विभिन्न कामहरु गर्दै आइरहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार