कोरोनबाट धुलिखेल अस्पतालमा थप एक जनाको मृत्यु


काभ्रे । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी बर्दिबासका ७६ वर्षीय पुरुष रहेका छन् ।

उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको सोही दिन कोरोना पोजिटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार