काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा तीन सहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकाे पाटन अस्पतालमा २, मेघा अस्पतालमा १ र पोखरामा १ गरी ४ जना रहेका छन् ।
ललितपुरमा मृत्यु भएका एक जना काठमाडौंका र २ जना भक्तपुरका रहेका छन् । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यसैगरी पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति र ७२ वर्षीय पुरुषको यही भदौ १७ गते मृत्यु भएको हो ।
यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्इु भएको अस्पतालले जनाएको छ ।